मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३० शनिबार
  • Thursday, 19 December, 2024
२o७९ पौष ३० शनिबार १६:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा ब्रह्माको मूर्ति अनावरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ३० शनिबार १६:२९:oo

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ब्रह्माको मूर्ति अनावरण तथा ब्रम्हापार्क उद्घाटन गरेकी छिन्। उनले काभ्रेको बनेपा नगरपालिका–४ स्थित नालामा निर्माण भएको दश अवतारको मूर्तिसहितको ब्रह्माको मूर्ति अनावरण गरेकी हुन्।

शनिबार विश्वको तेस्रो, नेपालको पहिलो १० अवतारसहितको ४० फिट अग्लो ब्रह्मा मूर्ति अनावरण तथा पार्क उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले धार्मिक, सांस्कृतिक र पर्यटकीय रूपले अगाडि बढ्न यो मूर्ति र पार्कले काभ्रे जिल्लाको पहिचानमा थप टेवा पुर्‍याएको बताइन्। 

प्राकृतिक सौन्दर्य, हिमालको दृश्यवलोकन, सूर्योदयको अवलोकनका लागि चिनिएको काभ्रेको बनेपा र धुलिखेल क्षेत्रमा मुलुकको एक मात्र पूर्णकदको ब्रह्मा पार्कले यस क्षेत्रको र जिल्लाकै परिचय निर्माण भएको उनको भनाइ थियो। 

महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजका अध्यक्ष पुरुषोत्तम सापकोटाको सभापतित्वमा समाजका सचिव श्याम सापकोटाले सञ्चालन गरेको कार्यक्रममा पूर्वमन्त्री गोकुल बाँस्कोटा, बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायतको उपस्थिति रहेको थियो।

स्थानीयबाटै नेपालकै पहिलो १० अवतारसहितको ब्रह्मापार्क

काभ्रे जिल्लाको बनेपा नगरपालिका– ४ नालास्थित भुइँचालो डाँडामा स्थानीयस्तरबाटै सहयोग संकलन गरी दश अवतारको मूर्तिसहितको पार्क निर्माण भएको छ।

मूर्तिसहित पार्कको एक करोड २० लाख ५० हजार लागतमा दश अवतारको मूर्तिसहित ब्रह्मापार्क निर्माण भएको हो। सरकारको लगानीविना जनस्तरबाट संकलन गरी उक्त पार्क निर्माण भएको हो।

उक्त पार्क निर्माणका लागि एघार दिन कथावाचनसहित रुद्राज्ञ महायज्ञ गरेर सहयोग संकलन गरिएको थियो। महायज्ञबाट एक करोड ७२ लाखभन्दा भन्दा बढी नगद संकलन भएको विकास समाजका अध्यक्ष सापकोटाले बताए। 

उक्त महायज्ञमा नगद मात्र हैन जग्गा र भाँडाकुँडा पनि संलग्न नभएको उनले बताए। नाला क्षेत्रमै एकजनाले ४ रोपनी ९ आना, एकजनाले १० आना र एकजनाले ७ आना जग्गाा दान गरेको उनले बताए। त्यही सहयोगबाट एक करोड ५ लाखमा ब्रह्माको मूर्ति, सिँढी, सिँढीमा १० अवतारको मूर्ति निर्माणको लागि ठेक्का दिई निर्माण भएको उनले बताए। उनले अझै पार्क निर्माणको काम बाँकी रहेको बताए।