मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ३० शनिबार १५:१६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

शिवम् सिमेन्ट्सको  १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ३० शनिबार १५:१६:००

शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबारका हेटौंडामा भएको साधारण सभाले आव २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आगामी चार वर्षे कार्यकालका लागि रोहित गुप्ता,  गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी पाँचजना संचालकहरु निर्वाचित गरेको छ। नवनिर्वाचित संचालकहरुको बैठकले संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयनसमेत गरेको छ ।

सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरेबमोजिम नेपाल सरकारका पूर्वसचिवसमेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदनसमेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको छ ।

साधारण सभाले कम्पनीमा आवद्ध रही उत्कृष्ट कार्य सम्पादन गर्ने केहि कर्मचारीहरुलाई पुरस्कृत समेत गरेको थियो ।