मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ पौष २९ शुक्रबार १९:४८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १९:४८:oo

मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शुक्रबार भएको खेलबाट संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

शुक्रबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। 

संकटाले एपिएफलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा संकटाको जितका लागी खेलको ८५ औँ मिनेटमा विदेशी खेलाडी मेसुके ओलुमोउले गोल गरेका थिए। उनले गरेको एक मात्र गोल निर्णायक बन्यो। 

ओलुमोउले अनुज गैरेको लामो प्रहारलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका थिए। खेलको एकमात्र गोल गरेका ओलमोउल खेलको म्यान अफ द म्याच भए। उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। 

संकटाले अब फाइनल प्रवेशका लागि आइतबार घरेलु टोली मकवानपुर ११ सँग खेल्नेछ। शनिबार पहिलो सेमिफाइनल जावलाखेल क्लव र भुट्निज स्पोर्टस् क्लवको बीचमा हुनेछ। माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता छ। 

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।