Skip This
पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २९ शुक्रबार १६:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १६:o२:oo

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म रु. ३० खर्ब सात अर्ब ७५ करोडबराबरको तरलता प्रवाह गरेको छ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत रु. ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत रु. २६ खर्ब ८२ अर्ब ७० करोड गरी कुल रु. ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत रु. २६ खर्ब ६१ अर्ब ६ करोड तरलता प्रवाह भएको थियो।