Read Time : < 1 मिनेट
२०७९ पौष २९ शुक्रबार १२:१७:००
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु पाँच सयले बढेर रु. एक लाख तीन हजार नौ सय तोकिएको छ। उक्त सुन हिजो प्रतितोला रु. एक लाख तीन हजार चार सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार चार सय पुगेकोमा अघिल्लो दिन रु. एक लाख दुई हजार नौ सय थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटी रु. एक हजार तीन सय ६५ कायम भएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।