१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २७ बुधबार १९:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनेरास्ववियुको २३औँ राष्ट्रिय सम्मेलन २ फागुनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार १९:३७:oo

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । 

बुधबार बसेको पदाधिकारी बैठकले आगामी २, ३ र ४ फागुनमा काठमाडौंमा २३औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको अनेरास्ववियुले जनाएकाे छ।

बैठकले सम्मेलन र अधिवेशन नभएको तल्ला कमिटीहरूको अधिवेशन र सम्मेलन आगामी १५ माघभित्र गर्ने निर्णय पनि गरेको छ। 

दुई साताअघि बसेको एमाले मोर्चा फाँटको बैठकले सम्मेलन र अधिवेशन गर्न बाँकी जनवर्गीय संगठनहरूलाई आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो। तर, उपाध्यक्ष उमेश आचार्यसहित केही पदाधिकारीले भने स्ववियु निर्वाचनपछि मात्रै सम्मेलन गर्दा उपयुक्त हुने भन्दै असहमति राखेर बाहिरिएका थिए। त्रिविविले ५ चैतका लागि स्ववियु निर्वाचन घाेषणा गरेकाे छ। 

एमालेका अनेरास्ववियु र युवा संघमा लामो समयदेखि अधिवेशन हुन सकेको छैन। जसका कारण मनोनीत अध्यक्ष र पदाधिकारीहरूले नेतृत्व गर्दै आएका छन्।