Skip This
ब्राजिलको दंगामा सहभागी एक हजार दुई सयजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Saturday, 27 July, 2024
रासस ब्रसिलिया
२o७९ पौष २६ मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ब्राजिलको दंगामा सहभागी एक हजार दुई सयजना पक्राउ

Read Time : < 1 मिनेट
रासस, ब्रसिलिया
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार ११:१८:oo

ब्राजिलमा राष्ट्रपतिको निर्वाचनकाे विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा एक हजार दुई सयजनालाई पक्राउ गरेको छ।

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका समर्थकले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए। उनीहरूले संसद् भवन र राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए। उनीहरूले संसद् भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा तोडफोड गरेका थिए।

प्रहरीले आइतबार रातिको सो घटनाको अनुसन्धान गर्ने क्रममा राति नै करिब तीन सयजनालाई पक्राउ गरेको थियो।  त्यसलगत्तै प्रहरी परिचालन गरिएको थियो। त्यस क्रममा प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरूलाई सिसिटिभीबाट पहिचान गरेर पक्राउ गर्न थालेको थियो।

यहाँको राष्ट्रपतिका रूपमा लुइज इनासियो लुला दा सिल्भा शक्तिमा आएपछि उनको विरोधमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका समर्थकले सो विरोध गरेका हुन्। उनीहरूले राष्ट्रपतीय निर्वाचनको विरोध गरेका थिए। उनीहरूले राजधानी सहरमा रहेको सर्वोच्च अदालतको भवनमा पनि आगजनी गरेका थिए।

त्यसपछि यहाँका प्रधानन्यायाधीशले उनीहरूलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनका नाममा आदेश दिएका थिए। यही जनवरी १ मा ब्राजिलका राष्ट्रपतिको शपथ लिएका लुलाले हिंसामा सहभागी भएका सबैलाई कानुनअनुसार कारबाही हुने बताएका छन्।