मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Sunday, 13 July, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभन्दा माथि केही छैन : राजेन्द्र लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १४:२६:oo

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले देशभन्दा माथि केही नभएको बताएका छन् । 

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सबैको ध्यान देशको हितमा केन्द्रित हुनुपर्ने बताए । 

गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट जनताले सबैलाई मिलेर अघि बढ्न जनमत दिएको भन्दै कसैले कसैलाई अस्वीकार गरेर जान सकिने अवस्था नरहेको बताए । 

मुलुक समस्याको चाङमा रहेको भन्दै उनले अर्थतन्त्र गम्भीर संकटको अवस्थामा रहेको, युवा जनशक्ति आफ्ना आमाबुबाको काख छोडेर वैदेशिक रोजगारमा जान बाध्य हुने अवस्था कायमै रहेको भन्दै सबैले यावत् समस्या समाधानका लागि प्रयास गर्नुपर्ने बताए ।