मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Friday, 25 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २३ शनिबार १६:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नवजीवनलाई कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १६:३९:oo

कैलालीको धनगढीमा रहेको नवजीवन सहकारीले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार प्राप्त गरेको छ। सहकारीमार्फत मुलुकको अर्थतन्त्रमा योगदान पुर्याएबापत नवजीवनलाई ५० हजार राशिको पुरस्कार प्रदान गरिएको हो। 

साझा सेवा सहकारीको ३८औँ साधारण सभामा शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नवजीवन सहकारीका अध्यक्ष देवबहादुर बमलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन्।  

सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको सिफारिसमा उक्त पुरस्कार नवजीवनले प्राप्त गरेको हो। कमलमणि स्मृति साझा सेवा सहकारीले ०७५ देखि सहकारीका माध्यमबाट अर्थतन्त्रमा योगदान पुर्याएबापत सहकारीलाई पुरस्कार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष शंकरप्रसाद पाण्डेले जानकारी दिए। 

धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवनले सुदूरपश्चिम र लुम्बिनीमा १० वटा शाखा विस्तार गरेको छ भने काठमाडौंमा शाखा विस्तारका लागि अनुमति प्राप्त गरिसकेको छ। नवजीवनको चुक्ता पुँजी ६ अर्ब ७० करोड रुपैयाँ छ। सहकारीमा ३१ हजारभन्दा बढी सेयर सदस्य छन्।