मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १८ सोमबार ०९:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंक तथा एनसिसी बैंकको एकीकृत कारोबार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १८ सोमबार ०९:०६:००

कुमारी बैंक लिमिटेड तथा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणा र साबिकको नेपाल क्रेडिट एन्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले संयुक्त रूपमा एकीकृत वित्तीय कारोबारको उद्घाटन गरेको जनाइएको छ ।

कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता रहेको अवस्थामा यो मर्जर निकै सुखद र सकारात्मक कदम रहेको बताए । कुमारी बैंकले यस मर्जरपछि विभिन्न तवरबाट सेवाग्राहीका लागि नवीनतम बैंकिङ उत्पादनहरू प्रस्तुत गर्नुका साथै आउँदा दिनहरूमा आकर्षक सुविधा पनि ल्याउने उनको भनाइ थियो । 

यस मर्जरपश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ, कुल निक्षेप तीन खर्ब दुई अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ८० अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । त्यस्तै, तीन सय ६ शाखा, ४७ एक्सटेन्सन काउन्टर, ६२ शाखारहित बैंकिङ गरी चार सय १५ कार्यालय तथा तीन सय ४५ एटिएममार्फत सेवा दिने उल्लेख छ ।