मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १७ आइतबार ११:१४:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १७ आइतबार ११:१४:००
सिर्जन नेपाल इन्टेरियर डिजाइनर निको बिजनेस प्रालि, काठमाडौं 

बेडरुम केवल सुत्ने ठाउँ मात्रै होइन । यो त शान्ति र आराम महसुस गर्ने स्थान हो । त्यसैले यसलाई आकर्षक र आरामदायी बनाउन जरुरी छ । बेडरुममा धेरै चम्किलो नभएर लाइट कलर प्रयोग गर्नु राम्रो हुन्छ ।

यसरी रङ छनोट गर्दा कोठा आकर्षक, उज्यालो र फराकिलो देखिन्छ । बेडरुममा हरियो, सिल्भर, ग्रे, क्रिम, गुलाबी रङ, सेतो र हल्का रङ, नीलो, हरियो र हल्का नीलो रङ प्रयोग गर्न सकिन्छ । गाढा रङको सेडमा हल्का रङको सेडजस्तै हरियोसँग सेतो, स्मोकी ग्रे, अफ ह्वाइट, बेजलगायतले पनि सजाउन मिल्छ । क्रिम कलरको रङ पनि बेडरुममा उपयुक्त हुन्छ ।

यसले शान्त महसुस गराउँछ । क्रिम कलरमा ग्रिन कलर पनि कम्बिनेसन गर्न सकिन्छ । यसले बेडरुमलाई आकर्षक र मनलाई शान्त बनाउँछ । बेडरुममा रातो रङको प्रयोग राम्रो मानिँदैन । कालो रङ पनि प्रयोग गरिँदैन । तपाईंले अर्काे हल्का पहेँलो रङ रोज्न सकिन्छ, जसले आशा र सकारात्मकता दिन्छ । त्यसबाहेक कोठालाई फरक र आकर्षक बनाउ“छ ।

कोठाको साइज ख्याल राख्नुस् 
बेडरुमलाई धेरै फर्निचरले भर्नु राम्रो मानिदैन । तर, केही आवश्यक फर्निचर राख्दा तपाईंलाई अध्ययन गर्न वा केही काम गर्न सहज हुन्छ । यदि ठाउँ छ भने एक साइडमा टी टेबल, ड्रेसिङ टेबल वा स्टडी टेबल राख्न सकिन्छ । स्टडी टेबलमा राम्रो ल्याम्प राख्न सकिन्छ । ड्रेसिङ टेबल राख्ने स्पेस छैन भने दराजमै ऐना राख्न सकिन्छ । कोठाको कुना वा बेडसँगै आरामदायी कुर्सी राख्दा राम्रै हुन्छ । 

कस्तो लाइट जडान गर्ने ? 
बेडरुममा धेरै चम्किलो प्रकाश दिने बत्ती नराख्दा राम्रो हुन्छ । पहेँलो कलर दिने लाइट जडान गर्नुपर्छ । जसले आँखालाई रिल्याक्स दिन्छ । 

बेडको छनोट 
राम्ररी बुझेर बेड खरिद गर्नुपर्छ । त्यस्तो म्याट्रेस राख्नुपर्छ, जसमा तपाईंलाई आरामदायी र न्यानो महसुस होस् । धेरै नरम वा धेरै कडा म्याट्रेस नराख्नुस् । त्यस्तै, कपडा राख्नका लागि राम्रो दराज छनोट गर्नुस् । धेरै ठूलो र भद्दा नभएर आवश्यकताअनुसारको दराज खरिद गर्नु 
राम्रो हुन्छ । 

कस्तो पर्दा छनोट गर्ने ? 
बेडरुमका लागि पर्दा छनोट गर्दा विचार पुर्‍याउनुपर्छ । बेडरुमको भित्तामा जुन रङ प्रयोग गरिएको छ, त्यसभन्दा फरक रङको पर्दा प्रयोग गर्नु राम्रो हुन्छ । भित्तामा हरियो रङ प्रयोग गरिएको छ भने क्रिम कलरको पर्दा छनोट गर्दा राम्रो हुन्छ । 

इन्डोर प्लान्ट्सको चयन 
कोठाको सजावट र हावा शुद्ध राख्नका लागि तपाईंले इन्डोर प्लान्ट्स पनि रोप्न सक्नुहुन्छ । स्नेक प्लान्ट, हर्ट लिफ फिलेडेन्ड्रोन, गोल्डेन पोथोस, स्पाइडर प्लान्ट, रबर प्लान्ट, पिस लिली, गार्डेनियालगायत रोप्न सकिन्छ । स्नेक प्लान्टले रातमा अक्सिजन फाल्ने भएकाले तपाईंलाई आरामदायी निद्रा मिल्छ । जसकारण, तनावरहित र ऊर्जावान् बन्न सहयोग मिल्छ ।