मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १६ शनिबार १८:००:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पिइएफ बास्केटबलको दुवै उपाधि निमोनिकलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १६ शनिबार १८:००:००

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ)द्वारा आयोजित आठौँ छात्र तथा छात्रा अन्तरस्कुल बास्केटबल टुर्नामेन्टको दुवै उपाधि निमोनिक मोर्डन एकेडेमीले जितेको छ । 

मिसन पब्लिक स्कुलको खेलमैदानमा आयोजित छात्रा बास्केटबल प्रतियोगितामा निमोनिकले डिबिएलाई पराजित गरी उपाधि जितेको हो । 

त्यसैगरी, मोक्षदा स्कुलको खेल मैदानमा आयोजित छात्र बास्केटबल प्रतियोगितामा निमोनिकले आयोजक तथा डिफेन्डिङ च्याम्पियन मोक्षदालाई ४३–३९ ले पराजित गरी उपाधि उचालेको हो । 

प्रतियोगितामा छात्रातर्फ अनमोल ज्योति र महान् सिद्धार्थ तृतीय तथा चतुर्थ स्थान हासिल गर्न सफल भए । त्यसैगरी, छात्रतर्फ लभ्ली एन्जल्स र सेन्ट लरेन्स क्रमशः तृतीय र चौथो स्थान हासिल गर्न सफल भए। 

प्रतियोगितामा छात्रातर्फ निमोनिककी निकिता राई हाइएस्ट स्कोरर र शशी तामाङ मोस्ट भ्यालुएबल प्लेयर घोषित भए भने छात्रतर्फ निमोनिककै प्रवेश तामाङ हाइएस्ट स्कोरर र निमा लामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए।

काठमाडौं महानगरपालिका, वडा नं. ८ का अध्यक्ष आशामान संगतको प्रमुख आतिथ्य सम्पन्न सो प्रतियोगिताको पदक तथा ट्रफी वितरणसँगै प्रमुख अतिथि संगतले यस्ता प्रतियोगिताहरूले विद्यार्थीले आफ्नो क्षमता उजागर गर्ने अवसर पाउने बताए । प्रतियोगितामा फोरमअन्तर्गतका १० विद्यालयको सहभागिता रहेको थियो।