मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १५ शुक्रबार १७:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार १७:१५:oo

गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने बृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। 

ठमेलको होटल मस्र्याङ्दीमा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरू तथा विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारी गरी ११० जनाभन्दा बढीको उपस्थिति थियो। 

उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लण्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरण लगायतका समसामयिक विषयहरुमा बृहत् छलफल तथा प्रशिक्षण सम्पन्न भएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिबारे धारणा राखेका थिए। 

हाल गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रेलगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको छ।