१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस लस एन्जलस
२o८१ बैशाख २१ शुक्रबार १३:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड संक्रमण

Read Time : < 1 मिनेट
रासस, लस एन्जलस
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:oo:oo

संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार बालबालिकालाई कोभिडको संक्रमण हुने गरेको छ। पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

उनीहरूका अनुसार पछिल्ला हप्ताहरूमा अमेरिकामा बालबालिकामा कोभिडको संक्रमण बढेको पाइएको हो।अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरूको संगठनले बुधबार यस्तो तथ्यांक दिएका हुन्। 

यहाँ कोभिड संक्रमण सुरु भएदेखि एक करोड ५२ लाख बालबालिकालाई कोभिडको संक्रमण भएको ती संस्थाले जानकारी दिएका छन्। ती तथ्यांकमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन्।

यहाँका स्वास्थ्य अधिकारीहरूले उमेर समूहका आधारमा कोभिड संक्रमितहरुको तथ्यांक तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको बताएका छन्।

ad
ad