Skip This
वीरगन्जका व्यवसायी आन्दोलित, राष्ट्र बैंकअगाडि धर्ना 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Saturday, 27 July, 2024
तिवारी यादव वीरगन्ज
२o७९ पौष ११ सोमबार १५:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्जका व्यवसायी आन्दोलित, राष्ट्र बैंकअगाडि धर्ना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार १५:३१:oo

वीरगन्जका उद्योगी–व्यवसायी नेपाल राष्ट्र बैंकको विरोधमा आन्दोलित भएका छन्। चर्को ब्याजदर, नेपाल राष्ट्र बैंकले ल्याएको चालू पुँजी निर्देशिका, २०७९ को विरोधमा आन्दोलित भएका हुन्।

आन्दोलनकै क्रममा उनीहरूले सोमबार ब्यानरसहित मौन र्‍याली वीरगन्ज बजार परिक्रममा गरेका छन्। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताको अगुवाइमा निस्केको विरोध र्‍याली नेपाल राष्ट्र बैंकअगाडि कोणसभा गरेको थियो। 
बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै बिहीबारयता उद्योगी व्यवसायीले निरन्तर आन्दोलन गरिरहेका छन्।

कोणसभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ, मधेस प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण निजी क्षेत्र विस्थापित हुने अवस्था आएपछि चर्को ब्याजदरविरुद्ध सडक संघर्षमा उत्रनुपरेको बताए।

एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरूको माग छ। पछिल्लो समय बैंकको ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरूको गुनासो छ। स्प्रेडदर र संस्थागत ब्याजदर दुई–दुई प्रतिशत कायम गर्नुपर्नेलगायत माग छन्।