१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Thursday, 04 July, 2024
२o७९ पौष ११ सोमबार १२:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बुटवलका डिएसपी नै प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार १२:४८:oo

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक  (एसपी) कमल थापाका अनुसार डिएसपी केसीलाई ब्युरोको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाएको छ।

ब्युरोको टोलीले उनीसँग नौ लाख ५० हजारको चेक, ३५ तोला सुन र आठ लाख ५० हजार नगद फेला पारेको बताइएको छ। घटना तथा यसको कनेक्सनका सम्बन्धमा अनुसन्धान भइरहेको एसपी थापाले बताए।

इलाका प्रहरी कार्यालय बुटवलबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। करिब १३ महिनाअघि केसी बुटवल आएका थिए।

ad
ad
ad
ad