१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक झलक सुवेदीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२५:oo

पछिल्लो राजनीतिक हलचललाई कसरी हेर्नुभएको छ ?
पछिल्लो समयमा शेरबहादुर देउवाले नेतृत्व कौशल देखाउन सकेनन् । सायद प्रचण्डलाई प्रधानमन्त्री नछाड्न उनलाई कसैले उकासेको पनि हुन सक्छ । अथवा, प्रचण्डलाई गलाउन सकिन्छ भन्ने लागेको पनि हुन सक्छ । यदि नेपालमा ‘इन्डो–अमेरिकन पोलिटिक्स’ को प्रभाव केही छ भने त्यसले प्रचण्डलाई रोक्न खोजेको पनि हुन सक्छ । जे भए पनि यो गठबन्धन टुट्ने मौका दिएर देउवाले बुद्धि पुर्‍याएनन् । केपी ओलीले चाहिँ सबैतिर हारेर सबै गुमाउने स्थितिमा पुग्दा पनि आफ्नो ‘पोजिसन’ बलियो बनाए । उनले प्रचण्डलाई प्रधानमन्त्री स्विकारेर हिजोको ‘कोर्स करेक्सन’ गरेका छन् । पछिल्लो निर्वाचन परिणामपछि प्रचण्डको निर्णायक ‘स्पेस’लाई ओलीले बुझे, देउवाले बुझ्न सकेनन् ।

यो गठबन्धन टुट्नुको प्रमुख कारण केलाई मान्नुहुन्छ ?
प्रचण्डलाई प्रधानमन्त्री बनाउनुहुँदैन भन्ने ‘इन्डो–अमेरिकन पोलिटिक्स’ले धेरै हदसम्म देउवालाई आफ्नो अडानमा रहन दबाब सिर्जना गरेको हुन सक्छ । तर, जसले जे दबाब दिए पनि कांग्रेस सभापति देउवाको ढंग नपुगेकै हो । यो गठबन्धन टुट्नुको प्रमुख कारण देउवाले समयमै बुद्धि पुर्‍याउन नसक्नु नै हो ।

अब पुनः वाम एकताको सम्भावना कति देख्नुहुन्छ ?
पहिलेजस्तो अब हठात् वाम एकता हुँदैन । एकता गर्ने नै भए छिटोमा अबको महाधिवेशनमा हुन सक्छ । अन्यथा, एउटै मोर्चा बनाएर आगामी निर्वाचनमा गएर परिणामपछि एकता हुन पनि सक्छ । 

ad
ad