१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ९ शनिबार
  • Saturday, 28 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ९ शनिबार १६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ९ शनिबार १६:३५:oo

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीयसचिव रमेश मल्लका अनुसार बैठक केही बेरअघि सुरु भएको हो।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदै छ। सोअगावै ‘पावर सेयरिङ’को विषय टुंग्याउन गठबन्धनको बैठक बसेको हो। गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेको छैन।