मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Tuesday, 11 March, 2025
२o७९ पौष ५ मंगलबार २२:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चितवनमा दुई करोडको लागतमा कोल्ड स्टोर सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार २२:५२:oo

दूधमा आत्मनिर्भर जिल्ला चितवनमा दुई सय २५ मेट्रिक टन क्षमताको सामूहिक शीतभण्डार (कोल्ड स्टोर)को समुद्घाटन भएको छ । दूध तथा दुग्धपदार्थका लागि नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाइ, हेटौँडाको ५० प्रतिशत अनुदानमा डेरी उद्योग संघले उक्त स्टोरको निर्माण गरेको हो । 

एक करोड ८४ लाख १८ हजार कुल लागत रहेको स्टोरलाई दुई कक्षमा विभाजन गरी आठवटा डिप फ्रिज कोल्ड रुममा विभाजन गरिएको छ । भरतपुर– १ ठिमुराका रहेको चितवन मिल्कको परिसरतयार पारिएको कोल्ड स्टोरको सोमबार एक कार्यक्रमका बीच नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा. उमेश दाहालले समुद्घाटन गरे । 

कोल्ड स्टोरको स्थापनासँगै सिजनमा बढी भएको दूधसमेत विविधिकरण गरेर मिल्क होलिडेको अन्त्य गर्न सकिने आयोजनाको विश्वास छ ।

विकेन्द्रीकृत आयोजना सहयोग इकाइ, हेटौँडाका आयोजना प्रमुख डा. विदुरप्रसाद गौतमका अनुसार मिल्क होलिडेको अन्त्यसँगै कोल्ड स्टोरकै कारण डेरी उद्योगलाई कच्चा पदार्थको रूपमा आवश्यक हुने धुलो दूध–मख्खन उत्पादन गरी आयात प्रतिस्थापन गर्न, कोल्ड भेन पद्धति अपनाई गुणस्तर अभिवृद्धि गर्न र कृषकस्तरमा दूध उत्पादनतर्फ आकर्षित गरी रोजगारी सिर्जन गर्न कोल्ड स्टोरले भूमिका खेल्नेछ । 

ठूलो कोल्ड स्टोर भएकाले धुलो दूध कारखाना र डेरीहरूको क्षमता उपयोगमा  पनि योगदान पुग्ने उनको विश्वास छ । डेरी उद्योग संघमा ३१ वटा निजी डेरी आबद्ध छन् ।