१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक झलक सुवेदीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:२२:oo

सांसदहरूको शपथसमेत नहुँदै राष्ट्रपतिबाट गरिएको सरकार गठनको आह्वानलाई कसरी हेर्नुभएको छ ?
अघिल्लोचोटि पनि सांसदको शपथ नहुँदै राष्ट्रपतिबाट सरकार गठनको आह्वान भएर सरकार बनेकै हो । सांसदको शपथ संसद् सचिवालयको क्षेत्राधिकारभित्रको विषय हो । निर्वाचन आयोगबाट राष्ट्रपतिसामु अन्तिम नतिजाको औपचारिक जानकारी गइसकेपछि सरकार गठनको आह्वान गर्नु राष्ट्रपति कार्यालयको दायित्व हो । त्यसैले यसलाई स्वाभाविक रूपमै लिनुपर्छ । 

अबका दिनमा कस्तो सरकार बन्ने सम्भावना देख्नुहुन्छ ?
वर्तमान संवैधानिक व्यवस्थाअनुसार गठबन्धन नेपाली राजनीतिमा अनिवार्य नै देखिन्छ । पछिल्लो परिणामले पनि त्यही संकेत गरेको छ । अहिले पहिलो कांग्रेस र दोस्रो एमाले मिलेर सरकार बनाउने सम्भावना छैन । त्यसैले एमाले र माओवादी या कांग्रेस र माओवादीसहित केही दलहरूको सरकार बन्ने सम्भावना देखिन्छ । तत्काल सत्ताधारी गठबन्धनमा फुट आउने संकेत नदेखिएकाले यही गठबन्धनको सरकार बन्ने सम्भावना देखिन्छ । 

यसरी बन्ने सरकार सरकारको निरन्तरता मात्र होला कि यसले जनतालाई ‘डेलिभरी’ पनि देला ?
विगतमा एमालेले परमादेशी सरकार भन्ने आरोप लगाइरहे पनि अब बन्ने सरकार ताजा जनादेशबाटै बन्ने हो । यो नैतिक र वैधानिक सरकार हुनेछ । यसले ‘डेलिभरी’ दिन चाहेमा ठाउँ जति पनि छ । तैपनि, अब बन्ने सरकारबाट नीतिगत ‘डिपार्चर’को सम्भावना भने न्यून छ । विगतमा चिनिएकै पात्रहरूको सरकार बन्ने भएकाले धेरै अपेक्षा गरिहाल्ने स्थिति छैन । 

ad
ad