१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २२:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विदेश अध्ययनमा जाने बढे, पाँच महिनामा ३८ हजारले लगे एनओसी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:२५:oo

विदेश अध्ययनमा खुकुलो हुन थालेपछि शिक्षा मन्त्रालयबाट एनओसी लिने विद्यार्थीको संख्या बढ्न थालेको छ । 

चालू आर्थिक वर्षको पाँच महिनामा विदेश अधययनका लागि ३८ हजार ६१ विद्यार्थीले एनओसी लगेका छन् । देशमा चाडबाड र चुनावी माहौलको समयमा समेत विदेश अध्ययनमा जान चाहनेको संख्यामा कुनै कमी आएन । 

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका वासुदेव वस्तीका अनुसार चाडपर्व र चुनावको समयमा समेत विदेश अध्ययनका लागि एनओसी लिनेको भिड लागेको थियो । 

शाखाका अनुसार १० हजार सात सय ९९ विद्यार्थीले एनओसी लगेका छन् । त्यसैगरी जापानमा अध्ययनका लागि एनओसी लिनेको संख्या ६ हजार ६ सय २६ छ । 

यस वर्ष क्यानडाका लागि एनओसी लिनेको संख्या निकै बढेको छ । क्यानडाका लागि ६ हजार पाँच सय ३१ विद्यार्थीले एनओसी लगेका छन् । 

युकेका लागि पाँच हजार तीन सय चार, भारतका लागि एक हजार ९०, युएसएका लागि एक हजार पाँच सय ५९, रसिया र दक्षिण कोरियाका लागि सात सय ४४ एनओसी लगेका छन् । 

यो अवधिमा जम्मा ५९ देशमा अध्ययनका लागि एनओसी लगेको मन्त्रालयले जनाएको छ । 

एनओसी जारी गरेर मन्त्रालयले पाँच महिनामा आठ करोड २१ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा एक हजार पाँच सय ५८ जनाको एनओसी रद्द भएको छ । 

०७८/७९ मा एक लाख १४ हजार एनओसी जारी
आर्थिक वर्ष ०७८-७९मा शिक्षा मन्त्रालयबाट कुल एक लाख १४ हजार चार सय २९ जनाले एनओसी लगेका थिए । गत आर्थिक वर्षमा वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेसिएको रकमले नयाँ रेकर्ड बनाएको छ । 

विगत दुई वर्ष कोभिड–१९ का कारण प्रभावित बनेको वैदेशिक अध्ययन सहज भएपछि एनओसी लैजानेको भिड छ । १ साउन ०७८ देखि असार मसान्त ०७९ सम्ममा एक लाख १४ हजार चार सय २९ एनओसी जारी भएका छन् । ०७७/७८ मा जम्मा २९ हजार चार सय ३२ एनओसी जारी भएका थिए । 

विद्यार्थीको आकर्षणको केन्द्र अस्ट्रेलिया बनेको छ । कुल एनओसी जारी भएमध्ये आधाभन्दा बढी अस्ट्रेलिया अध्ययनका लागि छन् । 

गत आर्थिक वर्षमा ६७ हजार बढीले एनओसी जारी भएका छन्। आर्थिक वर्ष ०७७/७८ मा आकर्षक गन्तव्य जापान बनेको थियो। जापानका लागि ८ हजार एक सय ४६ र दोस्रो गन्तव्य अस्ट्रेलियाका लागि चार हजार ८ सय ४९ विद्यार्थीले एनओसी लिएका थिए।

ad
ad