Skip This
६ सयले बढ्यो प्रतितोला सुनको मूल्य
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Tuesday, 13 May, 2025
रासस काठमाडौं
२o७९ पौष ३ आइतबार १२:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

६ सयले बढ्यो प्रतितोला सुनको मूल्य

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार १२:oo:oo

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख पाँच सय तोकिएको छ।  शुक्रबार प्रतितोला रु. ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु. ६ सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख छ। यसको मूल्य अघिल्लो दिन रु. ९९ हजार चार सय थियो। त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १० ले वृद्धि भई प्रतितोला रु. एक हजार तीन सय ८० पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।