मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस क्वेटा
२०७९ मङ्सिर २६ सोमबार १६:१७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगान सेनाको आक्रमणमा सात पाकिस्तानी मारिए

Read Time : < 1 मिनेट
रासस, क्वेटा
२०७९ मङ्सिर २६ सोमबार १६:१७:००

अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा आइतबार गरेको सीमापार आक्रमणमा सात सर्वसाधारणको मृत्यु भएको छ। तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र  पाकिस्तानबीचको सम्बन्धमा तनाव थपिएको छ।

दक्षिण–पश्चिमी पाकिस्तानको चमनमा भएको यो घटनाले इस्लामावाद र काबुलका तालिबान शासकबीचको तनावलाई बढाएको छ। चमन दुई देशबीचको व्यापारका लागि मुख्य नाका हो। घटनापछि बन्द भएको द्विपक्षीय आवागमनको नाका भने सोमबार पुनः खोलिएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानी सेनाको सञ्चार शाखाले अफगानी आक्रमणमा ६ जनाको मृत्यु भएको बताए पनि पछि मृत्यु हुनेको संख्या सात पुगेको तथा अन्य १६ जना घाइते भएका जनाएको छ। पाकिस्तानी सेनाले अफगानिस्तानको आक्रमणको जवाफ दिएको बताए पनि थप विवरण उपलब्ध गराएको छैन। आक्रमणको विरोध गर्दै पाकिस्तानले काबुलका अधिकारीहरूसँग सम्पर्क गरेको छ।

चमनमा सञ्चालित सरकारी अस्पतालका चिकित्सक अख्तर मोहम्मदले २७ जना घाइतेलाई उपचारका लागि अस्पतालमा ल्याइएको तथा तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको बताएका छन्। झडपका क्रममा एकजना तालिबानी पनि मारिएका र १० जना अफगानी घाइते भएका छन्।