आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।
समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि एकालेले सचिवालय बैठक बोलाएको थियो।