१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २१ बुधबार
  • Wednesday, 02 July, 2025
२o७९ मङ्सिर २१ बुधबार १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिद्धार्थनगर पनि फुटपाथ अतिक्रमणविरुद्ध एक्सनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २१ बुधबार १८:१४:oo

भैरहवाको सिद्धार्थनगर नगरपालिकाले पनि सडक अतिक्रमण गरी बनाएका संरचना र व्यापार व्यवसाय हटाउन सुरु गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय सहरसँग जोडिएको नगरको सुन्दरता जोगाउन फुटपाथ अतिक्रमण गरी बनाइएका संरचना र व्यापार व्यवसाय हटाउन सुरु गरिएको नगर प्रमुख इस्तियाक अहमद खानले बताए।

अतिक्रमणले नगर कुरूप देखिएको र सर्वसाधारणलाई हिँडडुल गर्नसमेत समस्या भएकाले नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको मेयर खानले जानकारी दिए। सडक र फुटपाथ अतिक्रमण हटाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ।

‘फुटपाथ अतिक्रमण गरेकाहरूलाई पहिलोपटकका लागि सचेत गराउँदै छौँ,’ नगर प्रहरी प्रमुख मनोज मल्लले भने। पटकपटक सचेत गराउँदासमेत अटेर गरे अतिक्रमण गरी राखिएका सामग्री नियन्त्रणमा लिने नगरपालिकाको चेतावनी छ।