मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Wednesday, 02 September, 2026
रासस काठमाडौं
२o७९ मङ्सिर १९ सोमबार १४:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

९९ हजार नौ सय पुग्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार १४:o७:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. चार सयले बढेको छ। आइतबार प्रतितोला रु. ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९९ हजार नौ सय पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार चार सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९९ हजार थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु. १५ ले बढेर रु. एक हजार तीन सय ८५ पुगेको महासंघले जनाएको छ।