मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर १८ आइतबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखामा एमाले र माओवादी उम्मेदवारबीच कडा टक्कर, २४ मतको फरक

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १८ आइतबार १६:२०:००

प्रतिनिधिसभा सदस्यका लागि दोलखामा भएको निर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको छ । 

ताजा अवस्थामा एमाले उम्मेदवार र सत्तागठबन्धनका उम्मेदवारबीच २४ मतको अन्तर देखिएको छ । 

एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले १८ हजार पाँच सय २९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका माओवादीका उम्मेदवार गंगा कार्कीले १८ हजार पाँच सय पाँच मत ल्याएका छन् । 

पछिल्लो समय कार्कीले सिवाकोटीसँगको मतान्तर घटाउँदै लगेका हुन् । अहिलेसम्म कालिञ्चोक, भीमेश्वर, गौरीशंकर र जिरीको मतगणना सकिएको छ । 

हाल तामाकोसी र वैतेश्वर गाउँपालिकाका वडाहरूको गणना भइरहेको छ भने मेलुङ, विगु र शैलुङ गाउँपालिकाको मतगणना बाँकी छ ।