१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १८ आइतबार ११:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १८ आइतबार ११:४९:००

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

आइतबार बिहान सांसद बास्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो। सेनाले निष्क्रिय पारेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।

भक्तपुरको लोकन्थलीस्थित सांसद बास्कोटाको घरबाहिर शंकास्पद वस्तु फेला परेपछि बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो। एमाले नेता बास्कोटा गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।