१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १६ शुक्रबार १७:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वैदेशिक रोजगारीमा रहेकालाई प्रभु क्यापिटलले ल्यायो ‘रेमिट्यान्स डिम्याट खाता’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार १७:o५:oo

प्रभु क्यापिटलले एक वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने उद्देश्यले ‘रेमिट्यान्स डिम्याट खाता’ सञ्चालनमा ल्याएको छ। 

नेपाल धितोपत्र बोर्डले कम्पनीहरूले आइपिओ जारी गर्दा निष्कासित सेयरको १० प्रतिशत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई छुट्याउनुपर्ने प्रावधान ल्याएको छ। सो प्रावधानअनुसार उनीहरूको योगदानलाई सम्मान गर्दै आरक्षित आइपिओमा उनीहरूको सरल र सुलभ पहुँचका लागि निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार योजनामा समावेश हुनका लागि ग्राहकले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ। साथै परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ।

यस योजनामा देश वा विदेशमा श्रम स्वीकृति लिई कार्यरत तथा जान लागेका नेपालीले संसारको जुनसुकै ठाउँबाट आफू र आफ्नो परिवारको निःशुल्क डिम्याट खाता खोल्न सक्नेछन्। योजनाअन्तर्गत स्वयं उपस्थित भएर वा वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन आवेदन दिएर भिडियो केवाइसीसहितको डिम्याट खाता खोल्न सकिनेछ।