Skip This
‘सत्तागठबन्धनको साझा प्रयत्न सफल भयो’
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Monday, 10 August, 2026
रमेश रावल सुर्खेत
२o७९ मङ्सिर १४ बुधबार १९:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

‘सत्तागठबन्धनको साझा प्रयत्न सफल भयो’

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १९:३७:oo

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तागठबन्धन दलको साझा प्रयत्न सफल भएको बताएका छन्।

बुधबार गृहजिल्ला सुर्खेतबाट काठमाडौंमा पुगेर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई भेटमा सत्तागठबन्धन दलको साझा प्रयत्न सफल भएको बताएका हुन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको राजनीतिक रूपमा ऐतिहासिक महानिर्वाचनको रूपमा महत्व राखेको निर्वाचनको अभियानमा कात्तिक ३१ गतेदेखि मंसिर १४ गते निर्वाचनमा आफू उम्मेदवार भएको सुर्खेत निर्वाचन क्षेत्र नं १ र कर्णाली प्रदेशमा रहेका यहाँका सबै जिल्लामा प्रतिनिधिसभा एमाले शून्य झरेको जानकारी उपसभापति खड्काले प्रधानमन्त्री देउवालाई गराएका थिए।

‘कर्णाली प्रदेशका १० वटै जिल्लामा सत्तागठबन्धन दलहरूबीचमा सबैको साझा प्रयत्नबाट सत्तागठबन्धन दलहरूको बीच समन्वय र उच्चस्तरको समझदारी कायम गरी निर्वाचनमा नेकपा (एमाले)लाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुल १२ सिटमा शून्यमा झार्दै प्रदेश सभातर्फ २४ सिटमा ५ सिटमा सीमित पार्ने अभियान सम्पन्न भयो।’ उनले भने, ‘सुर्खेतबाट आजै (आजै) संघीय राजधानी काठमाडौं पुगेर त्रिभुवन विमानस्थलबाट सीधै बालुवाटार पुगे पार्टीका आदरणीय सभापति तथा सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक बधाई र शुभकामना दिएको छु।’

उपसभापति खड्काले प्रधानमन्त्री देउवासँग समग्र निर्वाचनको विश्लेषण र विमर्शपछि, नयाँ सरकार गठनको केन्द्रीय प्रक्रियामा सक्रियता प्रारम्भ भएको जानकारी दिए।