Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रशान्त ताम्राकार, कलाकार
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार ०९:४१:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

ढिँडो मिठो लाग्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार ०९:४१:००

हामीले खाने खानेकुरा पौष्टिक हुन आवश्यक छ । हरेक मिठो खानेकुरा स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । त्यसकारण मिठोभन्दा पनि स्वास्थ्यवद्र्धक खानेकुरा खान जरुरी छ । म १० बजे ब्रेकफास्ट गर्छु । दिउँसो २ बजे लन्च गर्छु । बेलुका अलि लाइट खाना खान्छु ।

दाल–भात–तरकारी आफैँ बनाउँछु । मासुका आइटम पनि मलाई पकाउन मन लाग्छ । मलाई दालभात नै मिठो लाग्छ । अर्काे, ढिँडो खान रुचाउँछु । गुन्द्रुकको झोल पनि मेरो मन पर्ने खाना हो । म अत्यधिक चिल्लो र जंकफुड तथा फास्टफुड खान्नँ । यसले मलाई स्वस्थ रहन सहयोग गरेको छ । मलाई किचेनमा खाना पकाउँदा आनन्द आउँछ । किचेनमा आरामले काम गर्छु । केही पकाउनुपर्‍यो भने कम्तीमा एक घन्टा लाग्छ, चिनीजन्य पदार्थ सकभर खान्नँ । म अरूलाई पनि सकेसम्म चिनी कम खान सुझाव दिन्छु ।

म नियमित व्यायाम गर्छु । व्यायामलाई जीवनको अभिन्न अंग मान्छु । प्रायः हरेक दिन कम्तीमा पनि एक–दुई घन्टा व्यायाममा बिताउने गर्छु । यसले शारीरिक रूपमा फिट रहन, खाना पचाउन र राम्रो निद्राका लागि सहयोग पुर्‍याउँछ । समय मिलेसम्म दैनिक एकदेखि दुई घन्टासम्म जिममा बिताउँछु । शारीरिक रूपमा फिट रहन, मांसपेशी बलियो र तन्दुरुस्त राख्न जिमले सहयोग गरेको छ ।