
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र एभरेष्ट बैंकबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।
स्माटच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने दुई कम्पनीको अपेक्षा छ।
यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ प्रयोगकर्ताले ‘इबिएल टच ट्वान्टी फोर’ एपमार्फत स्मार्ट क्युआर मर्चेन्टहरूमा भुक्तानी गर्न सक्नेछन्। व्यवसायीहरूले एभरेष्ट बैंकमार्फत स्मार्ट क्युआरको सुविधासमेत लिन सक्नेछन्।