मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १२ सोमबार २o:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आक्रमण गर्नेलाई कारबाही अघि बढाउन प्रहरीलाई महानगरको पत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार २o:३३:oo

सोमबार दिउँसाे थापाथलीमा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरूको नाम खुलाएर कारबाही अघि बढाउन काठमाडौं महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ। 

महानगरका प्रवक्ता नवीन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन्।  महानगरका अनुसार आक्रमणमा प्रहरी उपरीक्षक तथा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन्।

घाइतेका ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। नदी किनारमा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारीसाधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो।

प्रवक्ता मानन्धरले गैरकानुनी रूपमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुनुपर्ने बताए।