मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Friday, 14 August, 2026
२o७९ मङ्सिर १२ सोमबार १६:३१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महानगरविरुद्ध आक्रोश, घरेलु हतियारसहित आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार १६:३१:oo

काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती हटाउन पुगेपछि बागमती करिडोरमा रहेको सुकुमबासी बस्तीमा झडप भएको छ। महानगरको टोलीविरुद्ध बस्तीमा रहेकाहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका छन्।

नेपाल प्रहरी र महानगर प्रहरी आएसँगै उनीहरुले टहराबाट सामान निकालेका थिए। सुत्केरी र किरिया बसेकाहरूलाई पनि बाहिर निस्किएका थिए। बस्तीमा रहेकाहरूले टायर बालेर प्रदर्शन गर्नुका साथै महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन्।

नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरे पनि यहाँको स्थिति तनावग्रस्त छ। करिडोरको उक्त सडकखण्ड अवरोध भएको प्रहरीले जनाएको छ।

तस्बिरहरू :