१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक झलक सुवेदीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४५:oo

अहिलेको निर्वाचन परिणामलाई कसरी हेर्नुभएको छ ?
यो निर्वाचन परिणामले संसद्लाई बलियो बनाएको छ । नारा, जुलुस लगाउने केही शक्तिलाई पनि संसद्मा पठाएर मतदाताले बलियो संसद्को परिकल्पना गरेका छन् । देशैभरका मतदातामा गठबन्धनप्रति खासै रुचि देखिएन । दुवै गठबन्धनबाट केही दललाई सामान्य फाइदा पुगेको देखिए पनि केही दललाई खासै फाइदा पुगेको देखिएन । पुराना, स्थापित र ०४८ यता पटक–पटक सरकारमा पुगेका दलहरूले ‘डेलिभरी’ दिन सकेनन्, सुशासन दिन सकेनन् । त्यसलाई मतदाताले अहिलेको निर्वाचनमा मतमार्फत अभिव्यक्त गरेका छन् । मतदाताले उनीहरूलाई आगामी दिनमा सच्चिन चुनौती दिएका छन् । अझै पनि दलहरू सच्चिएनन् भने आफूहरू विकल्प खोज्न तयार भएको संकेत मतदाताले गरेका छन् । 

अबको सरकार कस्तो बन्ने सम्भावना देख्नुहुन्छ ?
नयाँ सरकार यस्तै बन्छ भन्ने प्रस्ट चित्र अझै आइसकेको छैन । तर, सरकार बन्न गठबन्धन नै चाहिन्छ भन्नेचाहिँ प्रस्ट भइसकेको छ । त्यसैले, वर्तमान सत्तारूढ गठबन्धनकै ‘कन्टिन्युटी’ हुन सक्छ । 

त्यसरी बन्ने सरकारले राजनीतिक स्थिरता दिन सक्ला त ?
त्यसरी बन्ने सरकारले राजनीतिक स्थिरता दिन सक्दैन भन्ने छैन । त्यतिखेरको अवस्था जस्तो पनि हुन सक्छ । त्यस्तो सरकार बन्यो भने आगामी पाँच वर्षसम्मका लागि गठबन्धनले चाहिँ निरन्तरता पाउन सक्छ । तर, बीचमा गठबन्धनभित्रबाटै सरकारको नेतृत्व भने परिवर्तन हुन सक्छ । 

ad
ad