Skip This
जनचाहनाअनुरूप काम गर्न केन्द्रित हुन्छु : नेता सिंह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Saturday, 27 July, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ९ शुक्रबार १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनचाहनाअनुरूप काम गर्न केन्द्रित हुन्छु : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १६:३८:oo

नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहनाअनुरुप काम गर्न केन्द्रित हुने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

जनताले विकास, निर्माणको काममा राजनीतिकरण मन नपराएको उल्लेख गर्दै नेता सिंहले आफूले त्यसो नगर्ने प्रतिबद्धता व्यक्त गरे।। सो क्रममा उनले तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी संघीय कानुन निर्माणमा जोड दिने योजना पनि सार्वजनिक गरे।

‘मैले अनुभव गरेको छु–विकास निर्माणको काममा खास गरेर जुन राजनीतिकरण गर्ने गरिएको छ, जनता त्यसमा खुशी छैनन्,’ उनले भने। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित सांसद सिंहलाई बधाई दिँदै कार्यकालको सफलताको कामना गरेका थिए।