मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Sunday, 13 July, 2025
२o७९ मङ्सिर ९ शुक्रबार १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिकटमा सधैँ हारेका पाण्डेसँग ठाकुरले लिए बदला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १५:१२:oo

तत्कालीन नेकपा एमालेमा रहँदा सोमप्रसाद पाण्डे र ठाकुरप्रसाद गैरेबीच टिकट पाउन सधैँ लडाइँ नै हुन्थ्यो। यसपटक भने ठाकुरले पाण्डेसँग टिकटका लागि लड्नु परेन, उनी एकीकृत समाजवादीतिर लागे। एकीकृत समाजवादीबाट पाण्डे चुनावी मैदानमा थिए भने ठाकुर नेकपा एमालेबाट।
 
निवर्तमान सांसद पाण्डे ०५१ देखि पाल्पाबाट नेकपा एमालेको उम्मेदवार बन्दै आएका थिए। लामो राजनीतिक जीवन एमालेमा बिताएका पाण्डे यसपटक एकीकृत समाजवादीबाट उम्मेदवार बनेपछि उनी पहिलोपटक पराजित भए। उनलाई एमालेका युवा विद्यार्थी संगठनको नेतृत्व गर्दै पार्टीको केन्द्रीय राजनीतिमा पुगेका गैरेले पराजित गरे।

पाल्पामा एमालेको बलियो संगठन तथा इमानदार नेताका रूपमा चिनिए पनि पहिलोपटक टिकट पाएका गैरेलाई चुनौतीकाे सामना गर्न भने सजिलो भएन। जिल्लामा प्रभावशाली मानिएका पाण्डेलाई वाम–लोकतान्त्रिक गठबन्धनकाे साथ थियाे। 

पाल्पा २ का ४४ मध्ये १६ वडामा एमाले र २८ वटा वडामा कांग्रेस, माओवादी र जनमोर्चाको गठबन्धनले जित हासिल गरेको थियो। गत स्थानीय चुनावमा वडाध्यक्षमा एमालेले ३० हजार पाँच सय ३६ मत पाएको थियो। 

कांग्रेसले २९ हजार ३९, माओवादीले चार हजार तीन सय १३ र एकीकृत समाजवादीले चार सय ३३ मत र राष्ट्रिय जनमोर्चाले आठ सय ८४ मत पाएका थियो। पालिकाको चुनावको मतको हिसाव गर्दा गठबन्धनअघि देखिएपनि त्यस अनुसारको मत प्राप्त नहुँदा गैरेले बाजी मारे। 

उनै गैरेले पटक–पटक आफूले छोड्नु परेको अवसर र गर्नु परेको पार्टीको संघर्षको बदला लिएरै छाडे। गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गर्दा प्रभावशाली मानिएका नेता  पाण्डेले २३ हजार ८ सय ५१ मतमा चित्त बझाउनु पर्‍यो। 

यस्तै देशभर चुनावी आकलनलाई चुनौती दिएको राष्ट्रिय स्ववतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले पाल्पामा पनि ५१८० मत प्राप्त गरेर तेस्रो बन्न सफल भए।