मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ९ शुक्रबार १४:४९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लामा गठबन्धन पराजित, ३३ वर्षपछि राप्रपाको ‘कमब्याक’

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार १४:४९:००

जुम्लाबाट प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन पराजित भएको छ। प्रतिनिधिसभा सदस्यमा राप्रपा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही र प्रदेश सभा १ मा कांग्रेसका बागी उम्मेदवार देवेन्द्रबहादुर शाही र प्रदेश २ मा एमालेका टेकराज पछाई निर्वाचित भएका हुन्। 

राप्रपा प्रवक्ता तथा उम्मेदवार ज्ञानेन्द्र शाही ४५ हजार २८४ खसेको मध्ये उनले २२ हजार ८१९ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ११ हजार ९५९ मत प्राप्त गरी पराजय भएकी छन्। 

०७० सालको दोस्रो संविधानसभा सदस्य तथा पशुपंक्षी राज्यमन्त्रीसमेत भएकी कुँवरलाई गठबन्धनबाट कांग्रेस, माओवादी र एकिकृत समाजवादी पार्टीको साथ भए पनि विजयी हुन सकिनन्।
 
नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेका छन् भने नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ९५५ मत प्राप्त गरेका छन् उनी पनि दोस्रो संविधान सभाका समानुपातिक सांसद हुन्।
 
एमालेका केन्द्रीय सदस्यसमेत रहेका रोकाया ०७४ सालको स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा एमाले माओवादीको गठवन्धनबाट माओवादीका गजेन्द्रबहादुर महतले २२ हजार १७३ मत प्राप्त गरी निर्वाचित भएका थिए। 

 ३३ वर्षपछि राप्रपाको ‘कमब्याक’

०४६ पछि बहुदलपछि यस पटक जुम्लाबाट राप्रपाले चुनाव जितेको जिल्ला कमिटी अध्यक्ष बेदबहादुर शाहीले बताए। प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाहीले भने, ‘राप्रपाको ५९० मतले चुनाव जितिएको होइन। जुम्लामा भएका सवै पार्टीका मतले चुनाव जित्न सफल भएको हुँ।’ 

उम्मेदवारी दर्तापछि नै उनले जुम्लामा आक्रामक ढंगले चुनाव प्रचार गरेका थिए। हामी नेपाली अभियानमा भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेका ज्ञानेन्द्र शाही पछिल्लो समय राप्रपामा प्रवेश गरेका थिए।
 
जुम्लाबाट यसअघि २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, २०५६ सालमा नेकपा एमालेका देवीलाल थापा, २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा कांग्रेसका ललितजंग शाही र २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महत निर्वाचित भएका थिए। 

जुम्लाबाट गठबन्धन ‘क्लिन स्विप’

कांगे्रस, माओवादी र एकिकृत समाजवादी पार्टी सम्मिलित गठवन्धन जुम्लाबा ‘क्लिन स्विप’ भएको छ। गठबन्धनको पक्षमा ३६ हजार मतको आकाडा गरेपनि प्रतिनिधिसभा एक र प्रदेश सभा दुई गरी तीन जनै उम्मेदवार पराजित भएका हुन्। 

कर्णाली प्रदेश सभा निर्वाचन क्षेत्र (१) र (२) दुवैतर्फ गठबन्धनका साझा कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही र एकिकृत समाजवादी पार्टीका केन्द्रीय तथा कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकाया पराजित भए। 

प्रदेश सभा निर्वाचन १ मा प्रदेश सभापति शाहीविरुद्ध कांग्रेसकै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीले खसेको २४ हजार ६५५ मत मध्ये ९ हजार ६५४ ८ हजार ५२४ मत प्राप्त गरी विजयी भएका हुन् । एक हजार ८९९ मतान्तर छ।  

गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रदेश सभापति शाहीले ७ हजार ७५५ मत प्राप्त गरे। नेकपा एमालेका धिरेन्द्रराज गिरीले ५ हजार ४७० मत प्राप्त गरेका छन्। नेमकिपाका राजेश्वर देवकोटाले ६९४ मत प्राप्त गरेका छन्। 

सत्तागठन्धनबाट प्रदेश (१) मा पराजित उम्मेदवार कांग्रेस प्रदेश सभापति शाही ०५१ र ०५६ सालको चुनावमा बागी उम्मेदवार बनेका थिए। त्यतिवेला लाल हमाल र दीनबन्धु श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएको थियो। पछि ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शाही निर्वाचित भएका प्रदेश सभापति शाहीलाई काँग्रेसकै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गरेका हुन्।

पार्टीले टिकट नपत्याएपछि स्वतन्त्र (बागी) उम्मेदवारी दिएका शाही निर्वाचित भएपछि आफ्नो जित सम्पूर्ण जनताको जित भएको प्रतिक्रिया दिए। जुम्लाको आर्थिक समृद्धि, रोजगारी सृजना, दिगो विकासका सवनलमा बौद्धिक वर्गसँगको छलफल, परामर्शबिना कुनै पनि काम अघि नबढाउने बताए। 

नीति निर्माणमा पहिलो प्रथामिकता दिने भन्दै जुम्लाको स्वास्थ्य, शिक्षा, पर्यटन प्रर्वद्धनका लागि अल्पकालीन, मध्यमकालीन र दिर्घकालीन योजना निर्माण जोड दिने उनले बताए।

प्रदेश सभा (२) मा एमाले पार्टीका उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन्। कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकायालाई पछाईँले १ हजार ११२ मतले पराजित गरेका हुन्।  

२० हजार ६ सय १६ मत खसेकोमा एमालेका पछाईँले ७ हजार ८ सय २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ। उनका प्रतिस्पर्धी रोकायले ६ हजार ७ सय १५ मत प्राप्त गरे। पछाई एमाले प्रदेश कमिटीका उपसचिव हुन्। विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका पछाई पहिलो पटक कर्णाली प्रदेश सभाको सांसद बनेका हुन्। 

मतदाताको विश्वास र भरोसाले आफूले जितेको भन्दै त्यो भरोसा नटुट्ने गरी दलीय स्वार्थ भन्दामाथि उठेर आमजनताको जीवनस्तर उकास्ने गरी काम गर्ने उनले प्रतिबद्धता जनाए।