कपिलवस्तु १ (क) मा एमालेका विष्णु पन्थी विजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

कपिलवस्तु १ (क) मा नेकपा एमालेका विष्णु पन्थी विजयी भएका छन्। 

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको बिहीबार सम्पन्न प्रदेश सभा (क) को मतगणनामा उम्मेदवार पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै पन्थीका प्रतिस्पर्धी सत्तागठबन्धनतर्फबाट  कांग्रेसका  उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त  गरेका थिए।

घिमिरेलाई ४ हजार ४ सय ५० मतले पछाडि पार्दै पन्थी प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी  भएका हुन् ।यद्यपि निर्वचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ।

सुझावित समाचार