१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर ७ बुधबार १३:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कैलाली ३ मा नागरिक उन्मुक्तिको ‘क्लिन स्विप’

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १३:५२:००

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभाका दुवै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा १ मा नागरिकका घनश्याम चौधरी र २ मा खुसीराम डगौराथारु विजयी भएका हुन् ।

यो क्षेत्रको प्रतिनिधिसभा सदस्यमा पनि नागरिककै गंगा चौधरी निर्वाचित गरिसकेका छन् । 
प्रदेश सभा १ मा चौधरीले गठबन्धन उम्मेदवार कांग्रेसका खेमराज डंगौरालाई दुई हजार ३५१ मतान्तरले पराजित गरेका हुन् । 

घनश्याम १३ हजार ९२३ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका डंगौराले ११ हजार ५७२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा ३३ हजार ९२६ मत खसेकोमा ३२ हजार ३०२ मत सदर भए । 

प्रदेश सभा २ मा विजयी भएका थारुले सात हजार ५३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका अम्मरबहादुर साउँदले छ हजार ६१९ मत प्राप्त गरे । ९२० मतान्तरले थारु विजयी भएका हुन् । ३० हजार पाँच मत खसेकोमा एक हजार ८७६ मत बदर भएका छन् ।