१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मी २ : गोकर्ण बिष्ट २४४५ मतले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o५:oo

गुल्मी क्षेत्र नं२ को मतगणनामा एमालेका गोकर्ण बिष्टले २४४५ मतले अग्रता लिएका छन । मुसिकोट नगरपालिका, रेसुङा नगरपालिका, इस्मा र मदाने गाउँपालिकाको मतगणना हुँदा गोकर्णले २३ हजार ९ सय ३४ र रामकुमारी झाक्रीले २१ हजार ४८९ मत प्राप्त गरेको गुल्मी क्षेत्र न २ का निर्वाचन अधिकृतको कार्यालयका प्रबत्ता अमर केसिले जानकारी दिए ।  

क्षेत्र नं २ को लुम्बिनी प्रदेश क मा अहिलेसम्म एमालेका डिल्लीराज भुसालले १५६८ अग्रताका साथ १२१२० र गठबन्धनको तर्फबाट काङ्ग्रेस भुवनप्रसाद श्रेष्ठको १०५५२ मत रहेको छ । प्रदेश क मा मुसिकोट नगरपालिका, इस्मा गाउपालिका र रेसुङा नगपालिका १ को मतगणना भएको छ ।

त्यस्तै प्रदेश सभा ख मा एमालेका दिनेश पन्थीको ८६८४ र गठबन्धनको तर्फबाट माओवादीका बुद्धि जिसिको ८४३८ मत रहेको छ । अहिलेसम्म धुर्कोट गाउँपालिका र मदाने   २ देखि ७ वडा गणना सकिएको छ ।

ad
ad