मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Thursday, 19 December, 2024
कमल खत्री म्याग्दी
२o७९ मङ्सिर ५ सोमबार o९:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म्यादीमा मतगणना बेलुकादेखि, गुर्जा र बगराको मतपेटिका ल्याउनै कठिन        

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार o९:४२:oo

दुर्गम क्षेत्रको मतपेटिका संकलनमा ढिलाई भएपछि म्याग्दीमा सोमबार साँझबाट मात्र मतगणना सुरु हुने भएको छ।

धवलागिरि गाउँपालिका–१ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए। 

गुर्जाको मतपेटिका बेनी ल्याउन करिब १० घण्टा लाग्छ। गुर्जा र बगराको बाहेक अन्य सबै केन्द्रका मतपेटिका आइतबार राती मतगणना स्थलमा आइपुगेको बताइएको छ।

जिल्ला समन्वय समितिको सभाहलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि आवश्यक तयारी गरिएको छ।

गुर्जाको मतपेटिका बोकेर कर्मचारी र सुरक्षाकर्मीको टोली सोमबार विहानै पैदल हिडेको मतदान अधिकृत अमृत सुवेदीले जानकारी दिए। 

गुर्जाको मतपेटिका धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्म आउन करिब ८ घण्टा लाग्छ। मुनादेखि सवारी साधनमार्फत बेनी ल्याइपुर्‍याउन साढे दुई घण्टा लाग्छ। यस्तै, मुदीको बगरामा रहेको मतदान केन्द्रका मतपेटिका ल्याउनका लागि हेलिकप्टरको माग गरिएको छ।

‘बगराका मतदान अधिकृत विरामी भएको भन्ने खबर आएको छ ’, बगराबाट यातायातको पहुँच भएको सम्म हिडेर आउन करिब ८ घण्टा लाग्छ, मतपेटिका ल्याउन हेलिकप्टरको माग गरेका छौं’ सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले भने।

जिल्लाका ८२ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा भएको निर्वाचनमा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।