१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुपन्देहीका मतदान स्थलमा मतदाताको उत्साहजनक सहभागिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:३१:oo

रुपन्देहीमा मतदानमा उत्साहजनक सहभागिता देखिएको छ। यहाका मतदान स्थलहरुमा मतदाताहरुको उत्साहजनक सहभागिता छ।

बुटवलसहित जिल्लाका विभिन्न स्थलका मतदान स्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताए। 

बुटवल सडक विभागस्थित हेभी इक्युपमेण्ट कार्यालय परिसरमा रहेको मतदान केन्द्रबाट सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्वर २ का उम्मेदवार केशवबहादुर थापा मगर (सूर्यवंशी) ले मतदान गरेका छन्।

 त्यस्तै यसै केन्द्रबाट सत्तागठबन्धनका तर्फबाट प्रदेश सभाका माओवादीका उम्मेदवार वामदेव क्षेत्री (घिमिरे) ले मतदान गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थीका अनुसार जिल्लामा २०८ वटा मतदान स्थल , ५ वटा अस्थायी मतदान स्थल गरी २१३ वटा मतदान स्थल र ७०२ मतदान केन्द्र तथा ५ वटा अस्थायी मतदान केन्द्र गरी ७०७ वटा मतदान केन्द्र छन्। 

ad
ad