मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार १६:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मास्टहेड दुरुपयोग गरी भ्रामक सामग्री फैलाएको विषयमा काउन्सिलको गम्भीर ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार १६:००:००

सञ्चारमाध्यमको मास्टहेड दुरुपयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा भ्रामक सामग्री फैलाएको विषयमा प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि)मा नयाँ पत्रिका, सेतोपाटीलगायत विभिन्न सञ्चारमाध्यमको मास्टहेड दुरुपयोग गरी बनाइएका सामग्री शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण गराइएका छन्।

सम्बन्धित मिडियाले त्यस किसिमका कुनै सामग्री सम्प्रेषण नगरेको स्पष्ट पारिसकेका काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त–फेक न्युजबाट सजग रहन प्रेस काउन्सिल नेपाल सम्पूर्णमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी शनिबार नयाँ पत्रिकाको अनलाइनको मास्टहेड दुरुपयोग गरी ‘माओवादीलाई भोट नदिन कांग्रेसको सर्कुलर आपत्तिजनक – प्रचण्ड’ शीर्षकमा भ्रामक सामग्री तयारी पारी फैलाइएको छ। यस विषयमा नयाँ पत्रिकाले कानुनी उपचारको प्रक्रिया अघि बढाइसकेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि खण्डन गरिसकेका छन्।