मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार १४:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पत्रिका जोडेर भ्रम फिजाउने कार्यको कानुनी उपचार खोजिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार १४:४३:००

फोटोसपको माध्यमबाट नयाँ पत्रिका दैनिकलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भ्रामक समाचारको कानुनी उपचार खोजिने भएको छ । यस विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिएको छ । 

नयाँ पत्रिका, सेतोपाटीलगायतका सञ्चारमाध्यमको मास्टहेड दुरुपयोग गरी शनिबार सामाजिक सञ्जालमा भ्रम फैलाइएको थियो । 

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रका सदस्यसचिव कमल भट्टराईले सामाजिक सञ्जालहरुमा फोटोसप गरेर बनाइएका भ्रामक सामग्री देखेपछि फेसबुकको आधिकारिक कम्पनी मेटालाई त्यस्ता सामग्री हटाउन आग्रह गरिसकिएको जानकारी दिए । 

साथै, सदस्यसचिव भट्टराईले यससम्बन्धमा अनुसन्धान गरी सम्लग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीको साइबर ब्युरोलाई आयोगले निर्देशन दिने तयारी गरेको पनि बताए । 

शनिबार नयाँ पत्रिकाको अनलाइनको मास्टहेड दुरुपयोग गरी ‘माओवादीलाई भोट नदिन कांग्रेसको सर्कुलर आपत्तिजनक – प्रचण्ड’ शीर्षकमा सामग्री तयारी पारी विभिन्न सामाजिक सञ्जालमा राखिएका थिए । 
नयाँ पत्रिकाले त्यस्तो कुनै पनि समाचार पोष्ट नगरेको स्पष्ट गर्दछौँ ।