
सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले आर्थिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव– २०७९ गर्ने भएको छ।
भैरहवामा शुक्रबार पत्रकार सम्मेलन गर्दै कलासंस्कृति, पर्यटन, कृषि तथा औद्योगिक एवं व्यापार क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव गर्न लागिएको संघका अध्यक्ष भीष्म न्यौपानेले जानकारी दिए।
‘पर्यटन, कृषि र उद्योगको वृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गर्न र यस क्षेत्रका कला–सांस्कृतिकोे संरक्षण गर्दै सिद्धार्थनगर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेको वस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवद्र्धन गर्ने उद्देश्यसाथ महोत्सव आयोजना गरिएको संघका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजकसमेत रहेका अध्यक्ष न्यौपानेले जानकारी दिए।
महोत्सवमा उद्योग तथा वयापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिने यस लुम्बिनी राष्ट्रिय महोत्सवमा २५० स्टलहरु रहनेछन्। महोत्सवमा भवगान् गौतम बुद्धसँग, लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था समेत गराइने जनाइएको छ।
करिब २ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेला अवधिमा करिब रु. १० करोड बराबरको कारोवार हुने अनुमान गरिएको अध्यक्ष न्यौपानेको भनाई छ।