१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार १२:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती करिडोरका टहरा भत्काउने अल्टिमेटमविरुद्ध सुकुमबासी आन्दाेलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार १२:४७:००

बागमती नदी करिडोर क्षेत्रका सुकुमबासी बस्ती हटाउने अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अल्टिमेटमविरुद्ध सुकुमबासीहरू विरोधमा उत्रिएका छन्। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजको अगुवाइमा सुकुमबासीहरूले मंगलबार गुह्येश्वरीस्थित समितिको कार्यालय घेराउ गरेका छन्।

समितिले गत शुक्रबार एक सूचना जारी गर्दै नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घर–टहरा तथा निर्माण सामग्री र सवारीसाधन हटाउन १० दिनको अल्टिमेटम दिएको थियो। तोकिएको समयमा घरटहरा नभत्काए बल प्रयोग गरेरै भत्काउने समितिले चेतावनीसमेत दिएकाे थियाे। 

तस्बिरहरु : संजित परियार/नयाँ पत्रिका