• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असोज २० बिहीबार १५:४६:००
समाचार

बारा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो [अपडेट]

२०७९ असोज २० बिहीबार १५:४६:००

बाराको जितपुर–सिमरा– २२ तीन नम्बर पुलनजिक आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १६ पुगेको छ।

मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा ३२ जना घाइते भएका छन्।

घाइतेमध्ये आठजनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकीलाई थप उपचारका लागि चितवन र वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर बलराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार थप उपचारका लागि भरतपुर लगिएका एकजनाकाे मृत्यु भएको छ। 

हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको थियो।