सर्लाही। सर्लाहीको बागमती नगरपालिका– १२, बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका– ४, नयाँबस्तीका राजीव तामाङको मृत्यु भएको हो।
तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा पर्दा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बारास्थित एसएल न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।