पोखरा। कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार कैदी सन्तोष जलारी पक्राउ परेका छन्। कास्की कारागारबाट फरार भएको तीन दिनपछि उनलाई प्रहरीले पोखराको एक गेस्टहाउसबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार जलारी ०८३ असोज ३१ गते राति कास्की कारागारबाट फरार भएका थिए। उनी फरार भएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो।
खोजतलासका क्रममा प्रहरी टोलीले मंगलबार पोखरा महानगरपालिकास्थित पृथ्वीचोकको न्यु झरना गेस्टहाउसमा लुकिछिपी बसेको अवस्थामा जलारीलाई पक्राउ गरेको हो।
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका जलारी कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।
पक्राउ परेका जलारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।